कीर्तिपुर, काठमाडाैँ, नेपाल ।
नेपाली केन्द्रीय विभाग यस विषयको अक्सफोर्ड - प्राचार्य
कीर्तिपुर, २२ चैत्र
नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा सञ्चालित दर्शनाचार्य (एमफिल) कार्यक्रमको १५ औँ संस्करणको विद्यार्थी अभिमुखीकरण कार्यक्रम विभागीय प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा आज त्रिभुवन विश्वविद्यालय स्थिति घडीभवनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्राचार्य प्रा.डा. ध्यानेन्द्रबहादुर राईले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै भन्नुभयो 'नेपाली विषयको अक्सफोर्ड-क्यामरिज जे भने पनि नेपाली केन्द्रीय विभाग रहेकाले विद्यार्थीहरूले यसलाई अवसरको रूप लिनुपर्छ।"
बरिष्ठ प्राध्यापक तथा पूर्वविभागीय प्रमुख प्रा.डा. देवीप्रसाद गौतमले यस तहको पाठ्यक्रमको उद्देश्य र समग्र रूपरेखाको बारेमा प्रकाश पार्दै दर्शनाचार्यको पाठ्यक्रम सूचनामूलक नभएर संज्ञानात्मक रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी प्राध्यापकका तर्फबाट बरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले नवआगन्तुक विद्यार्थीहरूमाझ मन्तव्य राख्दै प्राध्यापक ज्ञान बाँड्ने साधन नभएर सहजकर्ता वा सेतुमात्र रहेको बताउनु भयो ।
सहप्रा.डा. रजनी ढकालले स्वागत गर्नुभएको यस कार्यक्रमको सञ्चालन प्रा.डा. नारायणप्रसाद गड्तौलाले गर्नु भएको थियो । यस कार्यक्रममा प्रा.डा. महादेव अवस्थी, सहप्रा.डा. कृष्णप्रसाद भण्डारी (मुमुक्षु), सहप्रा.डा. नेत्रमणि दुवेदी (एटम), सहप्रा.डा. दुर्गाबहादुर घर्ती, उपप्रा.डा. लेखराज खतिवडा, उपप्रा.डा. अशोक थापा र उपप्रा.डा. बालाकृष्ण अधिकारीको उपस्थिति रहनाका साथै विभागीय कर्मचारी महेश तिवारी, सन्तोषकुमार यादव, निलुफर बञ्जरा, मोहनबहादुर कार्की र दिलबहादुर लामाको उपस्थिति रहेको थियो ।
बाईस जना नवआगन्तुक विद्यार्थी उपस्थित उक्त कार्यक्रममा छात्र-छात्राले आआफ्नो परिचय र कार्यक्षेत्रका बारेमा बताएका थिए । वि.स. २०६६ देखि विभागमा दर्शनाचार्य कार्यक्रम सञ्चालनमा आएको हो। उक्त कार्यक्रममा सेवारत तथा सेवानिवृत्त बरिष्ठ प्राध्यापकदेखि सहप्राध्यापक र उपप्राध्यापको सहभागीता रहेको छ । उप-प्राध्यापकत्रय खतिवडा, थापा र अधिकारी यस कार्यक्रममा नवप्रवेशी शिक्षक हुन् ।