कीर्तिपुर, काठमाडाैँ, नेपाल ।
त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै २०१६ असोज ४ गते नेपाली केन्द्रीय विभागको स्थापना भएको हो । यो कीर्तिपुरमा अवस्थित छ । विद्यार्थी भर्ना, नेपाली भाषा साहित्यको पठन पाठन, अनुसन्धान आदिका आधारमा यो विभाग निकै महत्त्वपूर्ण अनुसन्धान एवं शिक्षणको केन्द्र हो । झन्डै ६५ वर्षको समयावधिमा यस विभागले थुप्रै प्राज्ञिक कार्यहरू गरेको छ । त्रिभुवन विश्व विद्यालयका अन्य आङ्गिक क्याम्पसमा सञ्चालित नेपाली भाषासाहित्य शिक्षणको अनुगमन पनि यस विभागले गर्ने गर्दछ । नेपाली भाषाको मानकीकरण र स्तरीकरणमा नेपाली केन्द्रीय विभागले अनवरत रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।