नेपाली केन्द्रीय विभाग नेपाली भाषा, साहित्य र लाेकसाहित्य अध्ययनकाे केन्द्र हाे । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत रहेकाे याे विभागमा स्नातकाेत्तरदेखि विद्यावारिधिसम्म पठनपाठन हुन्छ । नेपाली केन्द्रीय विभागको भौतिक पुनर्निर्माणको काम जारी छ । संरचना निर्माणका साथै शैक्षिक, प्रशासनिक कार्यलाई पनि चुस्त बनाउँदै लगिएको छ । विभागलाई गुणस्तरीय बनाउनु हामी सबैको कर्तव्य हो यस अभियानमा हामी सबै सहभागी हौँ भन्ने आग्रह गर्न चाहन्छु ।